राजनीति

जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मनाउन प्रशासनको आग्रह



काठमाडौं, ३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा, ऋषितर्पणी, गाइजात्रा लगायतका चाडपर्व भीडभाड नहुने गरी परम्परागत तरिकाले सांकेतिक रुपमा मनाउन सर्वसाधरणसँग अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले आज एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च रहेकोले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत रुपमा सांकेतिक रुपले मनाउन आग्रह गरेका हुन् ।