समाचार

खोलाले बगाउँदा एक जना बेपत्ता



दाङ, ४ भदौ । दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खेतमा काम सकेर घर फर्कने क्रममा शान्तिनगर गाउँपालिका-४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजो बेलुका एकली खोलाले बगाएर बेपत्ता भएका हुन ।

बेपत्ता बमबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।