Banner News

पार्टीले कारबाही गरेका सांसदहरूलाई तत्काल कारबाहीको माग राख्दै एमाले सांसद सभामुखको कार्यकक्षमा



काठमाडौँ, ४ भदौ । नेकपा एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्ष घेराउ गरेका छन् ।

पार्टीले कारबाही गरेका सांसदहरूलाई तत्काल कारबाहीको माग राख्दै एमाले सांसदहरूले शुक्रबार सभामुखको कार्यकक्षमा पुगेका हुन् ।

एमाले सांसद सूर्य पाठकले भने, “कसैलाई २४ घण्टामा कारबाही गर्ने, कसैलाई १२ घण्टामै पदमुक्त गरिदिने अनि नेकपा एमालेले कारबाही गर्दाचाहिँ कानुनअनुसार कुर्नुपर्ने ?,” “हामीले अरूलाई हतारमा कारबाही गर्ने आधार के हो रु नेकपा एमालेले गरेका कारबाही सूचना दिने विषयको आधार के हो र समयमा भएन भनेर सोध्न गएका थियौँ, तर सभामुख अग्निप्रसाद सापकोटाले आफू आउन नसक्ने जानकारी गराउनुभयो ।”

सभामुखले सांसदहरूलाई छल्ने प्रयास थालेको र सभामुखली भेटेर दोहोरो चरित्रले कसरी सभामुख पदको सम्मान रहन्छ भनेर सोध्ने समेत उनले बताए ।