अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ४ भदौ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।