राजनीति

४५ सदस्यीय अनेम संघ सूर्यविनायक नगरकमिटी गठन



भक्तपुर, ५ भदौ । नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघले जिल्लाको ४५ सदस्यीय सूर्यविनायक नगरकमिटी गठन गरेको छ ।

शुक्रवार पार्टी कार्यालय सूर्यविनायकमा भएको नगरकमिटीको दोस्रो सम्मेलनबाट मञ्जु केसीको अध्यक्षतामा ४५ सदस्यीय कमिटीको घोषणा गरेको हो । जिल्ला पार्टी अध्यक्ष बचन देउजाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमले नगरसचिवमा गीता बस्नेतलाई छनौट गरेको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष देउजाले पार्टी तथा संगठनले दिएको जिम्मेवारीलाई दृढताका साथ पुरा गरी संविधानमा उल्लेख गरिएको महिलाको हक अधिकारलाई अक्षरस पालना गर्न र गराउन अनेम संघले विशेष भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो । माधव कुमार नेपाललाई लक्षीत गर्दै अध्यक्ष देउजाले राष्ट्रिय राजनीतिमा केही स्वार्थी व्यक्तिहरु एमालेबाट चाइटिएर गएको बताउनुभयो ।

आगामी निर्वाचन लक्षीत योजना बनाई अगाडी बढ्नलाई निर्देशन दिँदै अध्यक्ष देउजाले महिलाको संगठन र नेतृत्व पार्टीको लागि मात्र नभई आम जनताको लागि महत्वपूर्ण हुने भएकाले जनताको माग, चाहना र आवश्यकतालाई मध्यनजर गर्दै अगाडी बढ्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष उत्तरा नेपाल, सूनपा पार्टी अध्यक्ष तथा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष पुष्प बस्नेत, अनेम संघ क्षेत्र नं. २ अध्यक्ष लक्ष्मी कार्की, पूर्वअध्यक्ष हिरामाया शेर्पा, सचिव शर्मिला बस्नेत लगायतको सहभागितामा उक्त कमिटी गठन गरिएको छ ।