Banner News

अजय शाही र विमला खत्रीलाई पदमुक्त नगरेसम्म सदन चल्दैन: एमाले



बुटवल, ७ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य एवं विना विभागीय मन्त्री अजय शाही र सांसद विमला खत्रीलाई पदबाट नहटाएसम्म सदन चल्न नदिने बताएको छ ।

आज प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरलाई पत्र बुझाउँदै प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पटक-पटक पद अनुकुलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम गरेकाले संविधानको धारा १८२ को उपधारा ६ को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम (८) बमोजिम आचरण नगरेको र सदस्य नहटाएको भन्दै सदन चल्न नदिने बताएका हुन् ।

प्रदेशसभा सचिवालयले प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण बुझाएको जनाएको छ ।