काठमाडौँ, ८ भदौ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग भन्दा केही दक्षिण तिर रहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ ।
आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्