काठमाडौँ, ८ भदौ । थप २ हजार ५ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ५१ हजार १ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ हजार ८६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख २ हजार १ सय ८३ जना रहेको छ । आज ३५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्