समाचार

करेन्ट लागेर एक बालकको मृत्यु



बर्दिया, ९ भदौ । बर्दियाको गेरुवा गाउँपालिका–२ पाताभार मा ६ बर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीय अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिव ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।