समाचार

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु



हेटौंडा, ११ भदौ । हेटौंडा-भैंसे सडकखण्डको सानुटारमा ट्रक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार इटहरीबाट विजुलीको तार लिएर नौविसेतर्फ जाँदै गरेको प्र.१-००२ख ८७५९ नम्बरको ट्रक आज बिहान दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुने करिब ३० वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।

घाइते भएका चालक र सहचालकलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको र सो दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।