समाचार

गुलशनले काठमाडौँबाट ईपीएल खेल्ने



काठमाडौँ, १२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर गुलशन झाले काठमाडौँ किङ्स–११ बाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

काठमाडौँ किङ्स–११ ले शुक्रबार गुलशनलाई अनुबन्ध गरेको हो । गुलशन भर्खरै मात्र राष्ट्रिय टिममा अनुबन्ध भएका छन् । उनले काठमाडौँ मेयर कपमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीको बाटो खोलेका थिए । गुलशन हाल ओमान भ्रमणमा छन् ।