समाचार

घरको गारो भत्किँदा च्यापिएर एक बालिकाको मृत्यु



पाल्पा, १३ भदौ । पाल्पामा घरको गारो भत्किँदा च्यापिएर १० वर्षीया बालिकाको मृत्यु भएको छ ।

तानसेन-५ कैलाशनगरका नारायण दर्जीको एक तले कच्चीघरको पछाडिको गारो भत्किँदा च्यापिएर उनकी १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आज बिहान ४ बजेतिर एक्कासी घर भत्किँदा गम्भीर घाइते भएकी नैनालाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषित गरेका थिए ।