तनहुँ, १३ भदौ । जिल्लाको ब्यास नगरपालिकामा बाघको खप्परसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीक अनुसर ब्यास नगरपालिका ५ पतेनीस्थित पक्की पुल नजिकैबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंगसहित नगरपालिका–६ सिरूबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका–१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङलाई शनिबार साँझ पक्राउ गरेको हो ।
उनीहरुमध्ये अर्जुनको साथबाट २ थान बाघको छाला, बा.४९ प ५९२३ नम्बरको स्कुटर, १ थान मोबाइल र नगद १ हजार रुपैयाँ , सन्जितको साथबाट १ सय २२ वटा बाघको हड्डीहरु, ग.१८ प ५४११ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद २ हजार रुपैयाँ र सन्तोषको साथबाट बा. ३५ प ५४५१ नम्बरको मोटरसाइकल, नगद ३ हजार ५ सय ८५ रुपैयाँ, १ थान लाइटर र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय, दमौली तनहुँमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्