Banner News

कांग्रेसका नेताले भने, ‘सभामुख सापकोटा छिट्टै जेल जाने अवस्था आउँदैछ’: माओवादीमा हलचल (भिडियोसहित)



सिन्धुपाल्चोक, १३ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले संघीय संसदका सभामुख अग्नि सापकोटा कानुनी कठघरामा उभिने दिन आउँदै गरेको बताउनुभएको छ ।

गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ कर्थलीमा शुक्रबार देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यासका क्रममा नेता बस्नेतले सभामुख सापकोटा उनकै कु(कर्मले छिट्टै जेल जाने अवस्था आउन लागेको दाबी गर्नुभयो ।

कीर्ते गरेर सरकारी जग्गा हडपेको अभियोगमा अग्नि सापकोटा जेल जान सक्ने उहाँको तर्क रहेको छ । उहाँले भन्नुभयो, ‘अग्नि सापकोटाजीले धेरै अपराधहरू गर्नुभयो । उहाँलाई अर्जुन लामा हत्या प्रकरण पनि बाँकी छ । उहाँ (अग्निप्रसाद सापकोटा)बाट धेरै विघा सरकारी जग्गा कीर्ते गरेर जबरजस्ती हडप्ने काम भएको छ ।’

सरकारी जमीन सापकोटाको मान्छेको नाममा पास गरिएको पनि जिकिर जिकिर गर्दै नेता बस्नेतले सापकोटाले गरेको पाप धुरीबाट कराउने समय आइसकेको पनि बताउनुभयो । सापकोटा संघमा निर्वाचित भएर सभामुख बनेपछि जिल्लाका लागि कुनै सिन्को नभाँचेको पनि जिकिर गर्दै उहाँले भन्नुभयो, ‘अग्नि सापकोटाले जिल्लाका लागि सिन्को पनि भाँचेका छैनन् । काभ्रेको अर्जुन लामा हत्या गरेको काण्डमा उनको मुद्धा बाँकी नै छ । नेताहरू उहाँ जस्तै अपराधी हुनु भएन ।’

बस्नेतले उक्त कुराको भण्डाफोर गरेसँगै माओवादी केन्द्रमा भने ठूलो हलचल आएको छ । सत्तारुढ गठबन्धनमित्र बाटै उक्त अभिव्यक्तिले माओवादी सशंकित समेत भएको स्रोले बतायो ।

भिडियो