काठमाडौँ, १३ भदौ । नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य तथा तरुण दल कञ्चनपुर उपाध्यक्ष विष्णु न्यौपाने एमाले प्रवेश गरेका छन ।
न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन । आज एक कार्यक्रमबीच न्यौपानेलाई पार्टी प्रवेश गराएको हो ।
पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित रामबहादुर थापा बादल, लेखराज भट्ट, कर्ण थापा, राजेन्द्र रावल, नारदमुनि राना, लीला भण्डारी, निरु पाल र अर्जुन ढकाललगायतका नेताहरुको उपस्थिति थियो ।










प्रतिक्रिया दिनुहोस्