Banner News

नेपालमा कोरोनाको खोपले ९० प्रतिशतसम्म ‘एन्टिबडी’ विकास गर्‍याे: स्वास्थ्य मन्त्रालय



काठमाडौँ, १३ भदौ । नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरूमा ९० प्रतिशतसम्म ‘एन्टिबडी’ विकास भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २१ देखि साउन अन्तिमसम्म गरेको ‘सेरोप्रिभ्यालेनस’ सर्वेक्षणमा पहिलो डोज खोप लगाएकाहरूमा ८० प्रतिशत र दुवै डोज लगाएकाहरूमा ९० प्रतिशसम्म ‘एन्टिबडी’ देखिएको हो ।