Banner News

एमालेको सर्कुलर: विभाजनको पक्षमा नलाग्न निर्देशन



काठमाडौँ, १४ भदौ । नेकपा एमालेबाट विभाजित भएर माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टीको पक्षमा नलाग्न जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीभित्रका केही स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा पार्टी बाहिरका विभिन्न शक्ति/तत्त्वहरूको षडयन्त्रका कारण पार्टीले असहज स्थितिको सामना गर्नु परेकाले त्यसको सामना गर्न निर्देशन दिनुभएको हो ।

गत भदौ ८ गतेको स्थायी समिति र १० गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयसहित जारी गरेको एमाले निर्देशनमा पार्टीको भूमिका बदलिएको र एमाले सत्तापक्षबाट प्रतिपक्षमा रुपान्तरित भएको उल्लेख छ ।