Banner News

थप २२९५ जनामा कोरोना संक्रमण, १८०८ जना डिस्चार्ज



काठमाडौँ, १४ भदौ । थप २ हजार २ सय ९५  जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ६१ हजार १ सय २४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ८ सय ८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख १४ हजार ५ सय २० जना रहेको छ । आज १६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ७ सय ३० जना पुगेको छ ।