काठमाडौँ, १५ भदौ सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ ।
बिहान ९ बजे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुबीच छलफल हुने छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको डेढ महिनामा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । गठबन्धनमा आबद्ध दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसक्दा पछिल्ला बैठकहरुले पनि निकास दिन सकेन । आज सहमति जुटाएर मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने र भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्