समाचार

१४ जना जुवाडे पक्राउ



पोखरा, १५ भदौ । पोखरा महानगरपालिका ७ घारीपाटनबाट १४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

राधाकृष्ण मार्ग बस्ने ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा खड्कासहित ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँ र २ सय १२ पत्ती तास बरामत गरेको छ ।

त्यस्तै पोखरा महानगरपालिका १५ सिताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका ८ घर भएका ५१ वर्षीय लालप्रसाद गुरुङको कोठामा तास खलिरहेको अवस्थामा गुरुङसहित ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट नगद ८४ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास बरामत गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।