राजनीति

काठमाडौँको फोहोर भोलिबाट उठ्ने



काठमाडौँ, १५ भदौ । काठमाडौँ महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलिबाट उठ्ने भएको छ ।

काठमाडौँका मेयर विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको आज बसेको बैठकले फोहोर बुधबार विहान ६ बजेबाट उठाउने निर्णय गरेको हो ।

काठमाडौँ महानगरका मेयर शाक्यले स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको बताए । उनले भने, ‘महानगरपालिकाले विगतका दिनमा पनि सिसडोलबासीका विभिन्न माग सम्बोधन गर्दै आएको छ, ‘अहिले पनि उहाँहरुका जायज र महानगरपालिकाले सम्बोधन गर्न सक्ने माग पूरा गर्न हामी सकारात्मक छौं ।’