Banner News

सभामुख भिरतिर कुद्छन्, आयोग भित्तातिर ठोकिन्छ : अध्यक्ष ओली



काठमाडौँ, १५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका महत्वपूर्ण निकायले बाटो छाडेको आरोप प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा भिरतिर कुद्न थालेको आरोप लगाउनुभएको छ ।

मंगलबार झापा–काठमाडौं सम्पर्क मञ्चले राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले कार्यक्रममा ओलीले सभामुख, निर्वाचन आयोग र अदालतमाथि आक्रोश व्यक्त गर्नुभयो । सभामुखको भिरतिर कुदाई र निर्वाचन आयोग भित्तातिर ठोकिने गरेको भन्दै उहाँले राज्यका महत्वपूर्ण निकायहरुले राजनीतिलाई कूबाटोबाट हिँडाउन खोजिएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “राजमार्गबाट सभामुख हिँड्न मान्दैन । कान्लाकान्ला, भिरभिर कुद्छन् । निर्वाचन आयोग संविधान, कानुनको राजमार्ग छोडेर भित्तातिर ठोकिन जान्छ । सम्मानित अदालतको कुरै नगारौँ । त्यहाँ बसेपछि जे गर्दा नि भयो । त्यही भइराखेको छ ।”