Banner News

प्रदेश १ मा एमालेका १० सांसद एकीकृत समाजवादीमा



विराटनगर, १६ भदौ । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

उनीहरूमध्ये राजन राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरिसकेका छन् भने उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र राजेन्द्र राईले सनाखत गर्न बाँकी छ ।

उनीहरुले बुधबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका हुन् । राई पनि निर्वाचन कार्यालयमा नै छन् । कृष्णकुमारी र उपेन्द्र संसदको परिचय पत्र हराएकाले प्रदेशसभामा पुगेका छन् । सांसद राजेन्द्र राईले एकीकृत समाजवादी १० जनाले रोजेको बताए ।