काठमाडौँ, १६ भदौ । सरकारले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्ला सरकारले बढाएको सामाजिक सुरक्षा भत्ता नै लागु गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पूर्ववर्ती सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको सामाजिक सुरक्षा भत्ता लागु गर्ने निर्णय गरेको हो । सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढाएर लागु गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, “आर्थिक वर्ष ०७८/०७९ को वजेट वक्तव्यमार्फत् ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ता मासिक भत्ता कामय गर्ने निर्णय भएको छ ।”










प्रतिक्रिया दिनुहोस्