Banner News

सरकारको राजनीतिक षड्यन्त्रको पर्दा छिट्टै खोल्नु पर्छः नेता पोखरेल



काठमाडौँ, १७ भदौ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले वर्तमान पाँच दलीय गठबन्धन सरकारको राजनीतिक षड्यन्त्र छिट्टै खोल्न जरुरी रहेको बताउनुभएको छ ।

वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार षड्यन्त्रमा लागेको आरोप लगाउँदै उहाँले सरकारले ल्याएको अध्यादेशले सरकारको नेतृत्व गरेकै पार्टीलाई जोखिम बढेको दावी गर्नुभयो । परमादेशको सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याई आफ्नो रक्षाकवज बनाउन खोजे पनि त्यसको सिका आफै हुने जोखिम बढ्दै गएको उल्लेख गर्दै उहाँले आफ्नो जोखिमलाई हटाउन सरकार विस्तार नगर्दा नै अध्यादेश फिर्ता लिने सम्भावना बढेको दावी गर्नुभयो ।

उहाँले आज आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘परमादेश सरकारले दल विभाजन अध्यादेशलाई आफ्नो रक्षाकवज वनाऊन खोजेपनी त्यसको शिकार आफै हुने जोखिम बढेपछि सरकार विस्तार नगर्दै अध्यादेश फिर्ता गर्ला जस्तो छ । राजनीतिक षड्यन्त्रको पर्दा छिटै खुल्नु जरुरी छ ।’