समाचार

थप एक जना कोरोना संक्रमितको मृत्यु



वीरगञ्ज, १७ भदौ । पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरीया नगरपालिका–१ बस्ने ३३ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि भदौ १० गते उनी नारायणी अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पचारको क्रममा बिहीबार बिहान १ः४५ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।