समाचार

८ जना जुवाडे पक्राउ



गोरखा, १७ भदौ । गोरखाबाट ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नगरपालिका-६ हरामटारीस्थित गणेश श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४४ वर्षीय बसन्त गुरुङसहित ८ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद २ लाख २८ हजार ७ सय ३० रुपैँया र २ सय ८ पत्ती तास बरामत गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले छ ।