काठमाडौँ, १७ भदौ । प्रदेश २ का दुई सांसदले साथ छाडेपछि माधवकुमार नेपाललाई कड़ा झट्का लागेको छ ।
सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एमालेमै बस्ने निर्णय लिएका हुन् । नेकपा एकीकृत समाजवादी रोजेका एमाले सांसदहरु बिहीबार सनाखतका लागि जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा जाने तय भएको थियो । एमालेमा माधव नेपाल पक्षका १३ सांसद थिए । सांसद डिल्लीप्रसाद उप्रेती उपचारका लागि भारतको दिल्ली गएका कारण १२ जना आउने भनिएको थियो । तर १० जना मात्रै उपस्थित भए ।
सनाखत गर्नेहरुले मौसमका कारण आउन नसकेको बताएका थिए । तर दुई सांसद वीरगञ्जमा आयोजित नेकपा एमालेको प्रदेशस्तरीय बैठकमा सहभागी भएको पाइएको छ । बैठकमा सहभागी सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एमालेमै बस्ने प्रतिक्रिया दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्