डडेल्धुरा, १८ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै गृह जिल्ला डडेल्धुरामा वडा अधिवेशन अन्यौलमा परेको छ ।
कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लका अनुसार वडा अधिवेशन हुने निर्धारित मिति आजसम्म क्रियाशील सदस्यता नटुंगिएकाले यस्तो अन्यौलता देखिएको हो । पाँच हजार ८ सय क्रियाशिल सदस्य रहेको डडेल्धुरामा सदस्यता किचलो जारी छ ।
जिल्ला कमिटीले पठाएका सदस्यहरुको नाम हेरफेर भएपछि वडा, पालिका र जिल्ला अधिवेशन पेचिलो बनेको हो ।










प्रतिक्रिया दिनुहोस्