समाचार

आजदेखि मनकामना केबुलकार चल्ने



काठमाडौँ, २० भदौ । मनकामना केबुलकार आजदेखि सञ्चालनमा आउने भएको छ ।

निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको केबुलकार आजदेखि सञ्चालन गर्न लागिएको हो ।

मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो ।