काठमाडौँ, २१ भदौ । थप १ हजार ८ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ७० हजार ७ सय ५९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ७३ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ७ सय ४३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख २८ हजार ९ सय २८ जना रहेको छ । आज २० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ८ सय ५८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्