समाचार

आजको मौसम



काठमाडौँ, २२ भदौ । आज विहान देशभर सामान्यदेखि पूर्ण वदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार केही दिनदेखिको झरी शनिबार साँझसम्म परिरहने भएको छ । प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका कही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उनका अनुसार प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।