समाचार

पहिरोका कारण मुग्लिन-नौबिसे सडक अवरुद्ध



काठमाडौँ, २२ भदौ । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागले जनाएको छ ।