काठमाडौँ, २२ भदौ । निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समयसीमा आज सकिँदैछ ।
राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोज्ने समयावधि आज बेलुका ५ बजे सकिन लागेको हो ।
२० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य भएकै आधारमा दल विभाजन गर्न मिल्ने गरी सरकारले अध्यादेश ल्याएपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादीका महन्थ ठाकुरले नयाँ दल दर्ता गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्