काठमाडौँ, २३ भदौ । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार आजको लागि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकको आह्वान गर्नुभएको थियो । सो अनुसार आज अपरान्ह ४ बजे दुवै सदनको बैठक बस्दैछ ।
संसदको यही अधिवेशनबाट अघिल्लो सरकाले ल्याएको बजेट विस्थापन गर्न विधेयक ल्याउने आंकलन गरिएको छ । साथै संघीय निजामती सेवा विधेयक, नागरिकता विधेयकलगायत पेश गर्ने र अध्यादेशहरूलगायत पनि संसदको कार्यसूचीमा रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्