Banner News

संसदमा एमालेद्वारा सभामुखविरुद्ध नाराबाजी



काठमाडौँ, २३ भदौ । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी गरेका छन ।

आफूले कारबाही गरेका सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै प्रश्न उठाएको एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी गरेका हुन् । एमाले सांसदले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।