Banner News

थप १६४० जनामा कोरोना संक्रमण, २१६१ जना डिस्चार्ज



काठमाडौँ, २३ भदौ । थप १ हजार ६ सय ४० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ७३ हजार ५ सय २९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ७९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ५ सय ३४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ३३ हजार १ सय ६१ जना रहेको छ । आज १० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ८ सय ८९ जना पुगेको छ ।