Banner News

राष्ट्रपतिद्वारा प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिह्न प्रदान



काठमाडौँ, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । साथै शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरेका छन् ।

राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा पनि सहभागी थिए ।