काठमाडौँ, २५ भदौ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज एकै समयमाँ हुने भएको छ । बैठक दिउँसो एक बजेका लागि तय गरिएको छ ।
संघीय संसदको दुवै सदनका बैठकमा विभिन्न अध्यादेशहरु पेश गर्ने सम्भावित कार्यसूची छ । प्रतिनिधिसभाको बैठकमा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यसैगरी राष्ट्रिसभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापतिले लोकसेवा आयोग विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन र अध्यागमन विधेयक २०७६ सम्बन्धी दुई बेग्लाबेग्लै प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।










प्रतिक्रिया दिनुहोस्