Banner News

अर्थमन्त्रीद्वारा नाराबाजीका बीच आर्थिक अध्यादेश पेश



काठमाडौँ, २५ भदौ । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा (संसद)को बैठक अघि बढाएका छन् ।

आजको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भयो । दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले संसदको कारबाही अगाडि बढाए । उनले नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिए ।

सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिए । नाराबाजी गरिरहेका एमाले सांसदहरुले अर्थमन्त्रीको बाटो छेक्न खोजेका थिए । उनी दौडिएर रोष्टममा पुगे । र, प्रमुख प्रतिपक्षीको नाराबाजीका बीच अध्यादेश पेश गरे ।