राजनीति

राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश पेश



काठमाडौँ, २५ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश–२०७८ पेश गरिएको छ ।

आज बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । एमाले सांसदहरुको अवरोधकाबीच गृहमन्त्री बालकृष्ण खाँणले सो अध्यादेश पेश गरेका हुन् । त्यसैगरी बैठकले संविधानसभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुँरे र अर्का संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।

जनवादी गायक टुहुरे नेकपा माओवादी केन्द्रबाट संविधानसभा सदस्य थिए भने भने सञ्चार उद्यमी शेरचन एमालेबाट संविधानसभा सदस्य सदस्य रहेका थिए । राष्ट्रियसभाको अर्को बैठक आगामी भदौ २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।