गुल्मी, २७ भदौ । गुल्मीमा तीन वर्षकी बालिक मृत अबस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार मदाने गाउँपालिका वडानम्बर(२ भेडिखोर निवासी तीन वर्षकी आयुशा पोखरेल मृत फेला परेकी हुन ।
बालिका शनिबार बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । उनलाई आइतबार बिहान प्रहरी र स्थानीयले खोज्ने क्रममा घरदेखि ५०० मिटर पर खोल्सामा मृत फेला पारेको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्