Banner News

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौँ, २८ भदौ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

नेता विरोध खतिवडाका अनुसार असोज ५ गतेका लागि पार्टीको साङ्गठनिक काम कारबाहीका सन्दर्भमा छलफल गर्न बैठक बोलाएको हो ।बिहान ११ बजे बैठक बस्ने भनिए पनि स्थानको भने अहिले टुङ्गो नलागेको उनको भनाइ छ ।