काठमाडौँ, २८ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी नेकपा (एमाले)ले बहिस्कार गर्ने भएको छ ।
एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुखले सोमबार दिउँसो संसद्मा भएका दलहरुको बैठक बोलाएका छन् । प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपालहरूलाई बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताएका छन् ।
एमालेले संसदको अवरोध हटाउने हो भने एमालेको निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न वा मार्गप्रशस्त गर्न सुझाएको छ ।
सभामुख सापकोटाले भने १४ सांसदबारे कानूनअनुसार निर्णय गरेको र संसद चलाउनुपर्नेमा जोड दिएका छन् । एमालेले १ भदौमा माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै सभामखुलाई सूचना दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्