कञ्चनपुर, ३१ भदौ । शुक्लाफाँटा नगरपालिकामा आज जिल्ला समन्वय समिति सदस्यको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
नगरपालिकाको वडा नं ५ बाट वडासदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय सदस्य बन्नुभएका बलराम पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो । पन्तको ६२ वर्षको उमेरमा शुक्लाफाँटा–५ गर्जमुनिस्थित आफ्नै निवासमा मङ्गलबार राति निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहँदै आउनुभएको थियो ।
नगरपालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा शोक दिवस मानाउने प्रयोजनका लागि बिदा दिने निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्