Banner News

पार्टी जस्ताको तस्तै छ, दुई–चार सड्न लागेका गए: अध्यक्ष ओली



काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् ।

आज काठमाडौँ जिल्ला कमिटीको भेलामा बोल्दै उनले अध्यक्ष ओलीले पार्टीबाट ‘बिग्रिएका’ दुुई चार तत्त्व बाहिरिएको बताए । उनले भने, “आज पार्टी जस्ताको तस्तै खडा छ । नेकपा एमालेको भूमिका परिवर्तन भयो । संगठनमा परिवर्तन भएको छैन ।, “नराम्रो नभन्नू है भन्छन् । सडेका गलेका तत्त्वभन्दा गाली गरेको जस्तो हुन्छ । सड्न लागेका बाहिरिए भन्दा होला ।”

त्यस्तै ओलीले कार्यकर्ताले पार्टी जोगाएको बताए । “यसपटक पार्टी हामीले जोगाएको होइन, कार्यकर्ताले जोगाएको हो । हामीलाई त साधरण सदस्यबाट पनि हटाइएको थियो,” उनले भने । ओलीले नेपाल अब पार्टीमा किन आवश्यक भन्ने कुरा आफूले नबुझेको समेत बताए । “केही साथीहरु अहिले पनि भन्नुहुन्छ । माधव कामरेड आउनुुस् । तपाईँको आवश्यकता छ भनेर । फुटाउनलाई आवश्यकता छ उहाँको यहाँ रु फेरि पार्टी फुटाउने रु के गर्न आवश्यकता छ माधव कामरेडको म बुझदिन्,” उनले भने ।

सोही कार्यक्रममा एमाले उपाध्यक्ष तथा वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सृदृढ एमालेका लागि नेपालको आवश्यकता रहेको भन्दै एमालेमा फर्कन आग्रह गरेकी थिइन् । ओलीले शाक्यको जवाफ दिएका हुन् । तर, उनले आजैको कार्यक्रममा कसैले बोलेको भए त्यसको जवाफ नदिएको भन्दै व्यंग्य पनि गरे । कहिलेकाहीँ नेताहरुले नेपालको आवश्यकता छ भन्ने गरेकाले आफूले त्यसको जवाफ दिएको उनको भनाइ थियो ।