भक्तपुर, ३ असोज । सामाजिक सेवाको भावनाले ओतप्रोत रही सञ्चालनमा ल्याइएको मानविय आस्था नेपालको छैंठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा शनिवार साधारण सभा सम्पन्न भएको हो । सभाले १९ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत ढंगले चयन गरेको छ । श्रीकुमार रञ्जितको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा शिवराम अवाल, उपाध्यक्षहरु रामप्रसाद मानन्धर, उमेश बस्नेत, प्रकाश सैंजु, महासचिव उत्तरा नेपाल, सचिव दिनेश थापा, कोषाध्यक्ष हरिवोल (हरिशरण) प्रजापति, सहकोषाध्यक्ष लक्ष्मी कार्की अधिकारी चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा मनकराम थापा, श्यामसुन्दर प्रजापति, मञ्जित प्रजापति, कृष्णराम सवा, कृष्णगोपाल वाइजु, अम्विका भण्डारी बस्नेत, रमिला स्वंगभिखा, विन्द प्रजापति, शर्मिला लम्साल बस्नेत तथा सविना केसी चयन हुनुभएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका संरक्षक समेत रहनुभएका सांसद बस्नेतले २०७२ सालको महाभुकम्प तथा विश्वमा महामारिको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को जोखिमलार्ई न्युनिकरण तथा रोकथामको लागि संस्थाले खेलेको भूमिकाको बारेमा उच्च प्रशंसा गर्नुभयो । मानविय सेवा नै धर्म हो भन्ने मान्यतालाई यथार्थमा रुपान्तरण गर्दै जनताको जीवन रक्षाको लागि संस्थाले भुकम्पको समयमा पुनः निर्माण वा जोखिममा परेका नागरिकको लागि वासस्थान तथा राहतको व्यवस्थापनमा ऐतिहासिक कार्य गरेको सांसद बस्नेतले उल्लेख गर्नुभयो ।
त्यस्तै कोरोनाको उच्च जोखिमलाई विशेष ध्यान दिँदै राहत तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरी कोरोना रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले भक्तपुरमा अन्य जिल्लाको तुलनामा असर कम परेको भन्दै संस्थाको उच्च प्रशंसा गर्नुभयो । इमान्दारिताबाट नै अनेक काम गर्न सकिने उल्लेख गर्दै सांसद बस्नेतले अनेकताबाट नै एकताबद्ध भई सामाजिक सेवा तथा रुपान्तरणमा अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्