समाचार

आजको मौसम



काठमाडौँ, ३ असोज । देशभर आज दिउँसो आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ । साथै, मनसुन न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।

त्यस्तै अहिले देशभर सामान्यतया सफादेखि आंशिक बदली रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र अरू प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।