समाचार

आजबाट सोह्रश्राद्ध सुरु



काठमाडौँ, ५ असोज । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको छ ।

बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिने यो पितृ कार्य अति पवित्र मानिन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । प्रत्येक औँसी पितृ पक्ष भए पनि यो असोजको सोह्रश्राद्ध महत्वको मानिन्छ ।