समाचार

काठमाडौँमा ढलले बगाउँदा एक जना बेपत्ता



काठमाडौँ, ५ असोज । काठमाडौँको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।

प्रहरीका अनुसार हिजो बेलुका ठूलो पानी परेका बेला बाटो हिँडिरहेकी अन्दाजी ४० वर्षकी एक महिला चिप्लिएर ढलमा खसेर बेपत्ता भएकी हुन् ।

उनको परिचय खुलेको छैन् । हिजोदेखि नै उनको खोजी गरे पनि अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।